Saturday, May 9
Shadow

Author: Interview Nepal

नेता भीम रावलको कविताः रक्षक नै  भक्षक

नेता भीम रावलको कविताः रक्षक नै भक्षक

मनोरञ्जन, समाचार, साहित्य/कला
५ आसर,ललितपुर | नेकपा एमालेका नेता भीम रावलले देशको पछिल्ला राजनीतिक अवस्थाबारे कविता सार्वजनिक गर्नुभएको छ । यस्तो छ उहाँको कविता 
तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।...
मन्त्रिपरिषदबाट बजेट पारित

मन्त्रिपरिषदबाट बजेट पारित

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।...
धनगढीमा डुबेर दुई बालकको मृत्यु

धनगढीमा डुबेर दुई बालकको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं- कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।...
काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।...
नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सजन तामाङ  उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भइन्  । सुमनले ४ हजार ९ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । यस्तै उपाध्यक्षमा मिठुमाया तामाङले ४ हजार १७४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रमिसा तामाङ  ३ हजार ८३० मत पाइन् । ८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष माओवादीले, ३ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष नेकपा एमाले ले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । ...
ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका वडा नं ३ मा १०८४ मत प्राप्त गरेर माओवादी केन्द्रका घननाथ बजगाईं वडा अध्यक्षमा निर्वाचन भएका छन्। वडामा माओवादी केन्द्रका सम्पूर्ण प्यानल नै विजयी भएका छन्। हाल सम्म ककनी गाउँपालिका भित्र वडा नं १ र ३ मा माओवादी केन्द्रले जीत हासिल गरेको छ भने वडा नं २ मा नेपाली कांग्रेसले खाता खोलेको छ। हाल ककनी गाउँपालिमा वडा नं ४ को मतगणना कार्य जारी छ। गाउँपालिका प्रमुख  र उप- प्रमुखमा पनि माओवादी केन्द्रको अग्रता कायमै छ।...
ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

मुख्य समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका १ बाट माओवादी केन्द्रले विजय सुरुवात गरेको छ। माओवादी केन्द्र बाट पदम बलामी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नं १ मा माओवादी केन्द्रका सम्पुर्ण टिम नै विजयी भएका छन्।हाल ककनी गाउपालिका वडा नं २ को मतगणना कार्य जारी छ । वडा नं २ मा नेपाली कांग्रेसको अग्रता कायमै छ।  
चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...