Friday, April 26
Shadow

व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ


  • -इ
  • इ+

गौरी प्रसाद दवाडी
अहिले सडकमा सुनिन्छ , श्री ५ को बहाली हुनुपर्छ भन्ने धेरै गुणगान सुनिन्छ । शाही कालका यातना भोग्ने ठुलो हिस्सा परमधाम पुगिसके । बाकि रहेकालाई पनि तत्कालिन सासकले दमन गरेको बिषय जानकार पाउने अबस्था थिएन । कतिले बिगत बिर्सेपनि हालत अहिलेको सन्दर्भमा राजाको गाना नगाउनु राम्रो होला । महाराजको पालामा बजेट कमै खान्थे । मण्डले सत्तापक्षलाई मनपरि गराएरै पन्चायत जोगाएको हो। कति पन्चायत बिरोधी मारिए त्यसको लेखाजोखा छैन । कति मुर्ति बिदेशिए स्वयंम श्री ५ हरु स्मलिङमा भिडेको खबर आएको आजका नव युवकले सुन्न पाएका थिएनन।

नमिता सुमिता काण्ड सत्ताधारीले हटाएकाले अहिले सम्म अत्तोपत्तो भएन । बोइङ काण्ड घटाएर आरएनएसी डुबाउने काण्ड महाराजकै पालामा सुरुभएको हो।आफ्ना मान्छे सबै पन्च कहलिन्थे जे गरेनि हुने कसैलाइ सिध्याउनु छ भने अराष्टिय तत्वको ब्यबस्था बिरोधि भनेर सिध्याएका घटना धेरै छन । मान्छे महाराजको मौनतामा मारिन्थे । अधिकार नभएका मन्त्रीलाई बलि बनाईन्थ्यो । दिन दहाडै गाडिले किचेर युबराजले मान्छे मार्दा के काबाही भयोर ? बोलेमा कडाकारबाही ज्यनैसमेत जाने हुदा जनता मौन हुन्थे ।

भष्टाचार बाहिरिदैन थियो अहिले बाहिरिन्छ। गरिबी चरम थियो महराजहरुको पालामा नारा नाथरि दिन्थे एशियाली मापडण्डमा देश पुर्याउ बिकासको मूल फूटाऔँ काम माखो मारिदैन थियो । सिहंदरबार जलेको होइन जलाईएको थियो । करतुतहरु लुकाउन मार्ने काट्ने देखि देश निकाला सम्मको अबस्था बिरोधीले ब्यहोर्नुपर्थ्यो । पन्चायत महाराजको ब्यक्तित्व सङ्ग जोडिन्थ्यो । पन्चायत र महाराजको स्वस्ति गाय पछि जतिपनि छूट थियो । लेख्न बन्देज थियो बोलेका मेटिए उल्ट्यइए ।

राज्य नै महाराजका सम्पति हुदा नाराहिटी बेचेर स्वीजरल्याण्ड पुर्याएको सरकारी पैसाले बनाएको नारायणहिटी राजाको कसरी भयो ? किन बेचे पैसा किन चाहियो याबत कुरा छन । ठाउँ ठाउका आबादी युक्त जग्गाजमिन दरबारिया र समर्थको नाममा कसरी पुगे ? कथित भुमिसुधार २०२१ पन्च दरबारियालाई किन नलागेको ? याबत धैरै छन कथा ब्यथा दरबारका भोग्ने र देख्ने र सुन्नेले बुझेका छन । ब्यबस्था बिरोधीको नाममा कति मारिए त्यसको लेखाजोखा यो सानो लेखमा पोख्न सकिँदैन । जेल सारको नाममा कतिले गोली खाए जेलबाट भागेका आरोपमा लोकतन्त्रबादी कति मारिए । यस्ता धेरै घटना लुटपाट भए शाहीकालमा त्यस्तो राजको आडमा भएका कुर शासनको कुनै लेखाजोखा नगरी राजा बहालीका नारा लाग्नु पूर्ब पन्चका पृष्टपोशकको सत्तामा पुग्ने षडयन्त्र मात्र हो । त्यसैले भएको परिबर्तन सुधारेर जाने हो। नेता परिबर्तनमा प्रयास गर्ने हो व्यवस्था बदलेर कुनै उपलब्धि हुने होईन जनता सचेत हुन आवश्यक छ।

लेखक – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमति प्रदेश सदस्य हुन

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares