Tuesday, March 19
Shadow

तारेकश्वरमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते


  • -इ
  • इ+

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।

घाइते हुनेमा मोटरसाईकल चालक  नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ ।

गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए ।

दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares