Saturday, May 9
Shadow

Author: Interview Nepal

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

मुख्य समाचार, समाचार
कैलाली- बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा ताला बन्दि गरिएको छ। जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडि बहुमुखि क्याम्पसमा अनेरास्ववियुको ( क्रान्तिकारि) अनेरास्ववियु ( अखिल) र अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन। क्याम्पस आउन जान समस्या भएको गुनासो क्याम्सपस परिसरमा पटक पटक पुर्याउदा पनि ब्यवास्था गरिएको भन्दै संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन। क्याम्पसमा सहज रूपमा पढ्ने बाताबरण पनि छैन टाढा टाढा बाट आउने बिद्यार्थीलाई उभिएर आउनु पर्ने बसमा सिट नपाउने बिद्यार्थीलाई कोचाकोच गरि ल्याउने र गर्मिको समयमा आफुलाइ निकै असहज भयो भनि कुरा आएकोमा हामिले बारम्बार क्याम्पस परिसरमा कुरा पुर्याउदा पनि ब्यवस्था गरिएको भनि ताला बन्दि गरिएको अनेरास्ववियु ( अखिल) का इकाई संयोजक असोक गौतमले बताएका हुन। बिद्यार्थीका माग पुरा नभएसम्म क्याम्पसमा अनिस्चितकालिन ...
सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं- कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा व...
अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा नदिएसम्म अर्थ मन्त्रालय नआउने घोषणा गरेका छन् । उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । उनले आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री देउवा समक्ष जनार्दन शर्मा मन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने घोषणा गरेका बालुवाटार श्रोतले जनाएको छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजन...
तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

आर्थिक, ब्यानर समाचार
काठमाडौं- नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ । ...
काठमाडौंमा भिख माग्न निषेध

काठमाडौंमा भिख माग्न निषेध

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने बताएको हो। ‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ। सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा प...
विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ-  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् । नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शङ्कर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् । नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्युरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्वासी सङ्गठनको अध्यक्षसमेत रहेका ...
नयाँ दल घोषणा गर्दै वामदेव गौतम

नयाँ दल घोषणा गर्दै वामदेव गौतम

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज (मंगलबार) अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।...
नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् । थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैभन्दा तल छ । जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । ...
मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

ब्यानर समाचार, राजनिती
काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् । उनले मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् ।झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् । ...
महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर  शाह

महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर शाह

मुख्य समाचार, राजनिती, समाचार, समाज
ललितपुर, असार,५ | काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी,सार्वजनिक,निजी संस्थाका परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ...