Friday, May 8
Shadow

Author: Interview Nepal

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ। अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमण पछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। सो भ्रमणको विरोधमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो। उक्त जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकार प्रयोग गर्दैछन्। बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ, ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ।आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ। रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै...

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

ब्यानर समाचार 2, राजनिती
राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।...
गठबन्धन आजको आवश्यकता –  डा.शेखर कोइराला

गठबन्धन आजको आवश्यकता – डा.शेखर कोइराला

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो ।नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नेता डा. कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले जनतासँग ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

अन्तर्राष्ट्रिय, स्वास्थ्य
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० ...
‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिनुभयो । अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विवि...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आर्थिक, ब्यानर समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्यु...
कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित

समाचार
काठमाडौं- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । छायाँछबि क्रियसनले श्रेष्ठलाई नवौं छायाँछबि तीज म्युजिक अवार्डका अवसरमा ‘सामाजिक सेवा सम्मान’ अर्पण गरेको हो । देश, समाज र राष्ट्रका लागि उल्लेखनीय भूमिका खेल्नुका साथै कपडा तथा सिलाई व्यवसायका माध्यमबाट राज्यमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो । कपडा तथा सिलाई व्यवसाय श्रेष्ठको पुर्खेउली व्यवसाय हो । इटहरि, नेपालगञ्जको कोहलपुर, काठमाडौंको न्युरोड र मैतीदेवीमा उनको व्यवसाय छ । सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको श्रेष्ठले बताए ।...

आतङ्कवादविरुद्धको कारबाहीमा नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

अन्तर्राष्ट्रिय
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिनुभएको हो ।नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नाे र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो । त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए ।उनीहरुले हातहतियारस...
अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचे...

भरतपुरमहानगरद्वारा २७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

Uncategorized
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । “जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले भन्नुभयो । एकतीस संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ६३ र अन्य एक...