Tuesday, April 30
Shadow

काँग्रेस उपसभापतिहरु नै डराए प्रत्यक्ष चुनाव लड्न


  • -इ
  • इ+

स्याङ्जा- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा जिल्लाका हेभीवेट नेताहरु नै चुनाव लड्न डराएका छन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र पूर्व उपसभापति गोपालमान श्रेष्ठले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ प्रतिनिधि सभाका लागि कांग्रेसबाट उम्मेदवारीका लागि निवेदन दिएका हुन् ।

स्रोतका अनुसार दुवै नेता प्रत्यक्षतर्फ चुनाव लड्दा पराजित भइन सक्ने त्रासका कारण नै पछि केन्द्रबाट मिलाउने नाममा समानुपातिकतर्फ पनि उम्मेदवारका लागि निवेदन दिएका हुन् । प्रत्यक्षतर्फ उम्मेदवारको निवेदन दिएका उनीहरुले समानुपातिकतर्फ जिल्ला सदस्य दीर्घनारायण शर्माले मात्र उम्मेदवारको लागि निवेदन दिएपछि पछि गुरुङ र श्रेष्ठले पनि उम्मेदवारीको निवेदन दर्ता गराएका हुन् । यसबाट समानुपातिकतर्फ एकमात्र उम्मेदवारीको निवेदन दिएका शर्मा थप रुष्ट बनेका छन् ।

शर्मा लामो समयदेखि गोपालमान श्रेष्ठसँग सहकार्य गर्दै आएतापनि जिल्लाको राजनीतिमा आफ्ना नातागोताबाहेक अन्यलाई अवसर नदिने भएपछि उनी अहिले स्याङ्जा जिल्ला सभापति राजु थापा समूहमा छन् । उम्मेदवारीको निवेदन पश्चात शर्माले दुइ नेताप्रति कटाक्ष गर्दै थापा बाहेक अरु कसैले पनि क्षेत्र नं १ बाट निर्वाचन नजित्ने घोषणा समेत गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा लामो समयपछि कम्युनिष्टको गढ भत्काएका थापाले टिकट पाउँदा मात्र कांग्रेसको बिजयी निश्चित छ । यता, केन्द्रीय उपसभापति समेत रहेका नेता गुरुङ पनि सकेसम्म प्रत्यक्षको झन्झटमा भन्दा समानुपातिकमा सुरक्षित रहन चाहान्छन् तर यो स्याङ्जाली कांग्रेसीलाई चित्त बुझिरहेको छैन् ।

केन्द्रीय उपसभापति भएर पनि समानुपातिकमा बस्छु भन्नु लज्जास्पद हुने स्थानीयहरुको भनाई छ । यस्तै पूर्व उपसभापति श्रेष्ठ यसअघि उपप्रधान सहित शिक्षामन्त्री रहँदा निर्वाचन क्षेत्र नं २ बाट एमाले सचिव पद्मा अर्यालसँग लज्जास्पद हार व्यहोरेका थिए । जिल्ला सभापति थापाको संगठन र बिकासका कार्यकै कारण क्षेत्र नं १ मा सुधारिएको संगठन देखेका गुरुङ र श्रेष्ठले क्षेत्र नं १ बाट नै उम्मेदवार हुन चाहेका हुन् । पहिले क्षेत्र नं. १ बाट चुनाव लड्दै आएका श्रेष्ठ कांग्रेसको संगठन मजबुद भएका कारण गएको चुनावमा २ नं. क्षेत्रमा गएका थिए । तर लज्जास्पद रुपमा पराजित भएपछि फेरि उनी थापाले मजबुद पारेको १ नं. क्षेत्रमा नै फर्कन खोजेका छन् । तर थापा बाहेक श्रेष्ठ वा गुरुङ दुवैलाई क्षेत्र नं १ मा चुनाव जित्नु असम्भव देखिने स्थानीय एक नेताले बताए ।

स्याङ्जा क्षेत्र नं १ मा थापाको सक्रियताकै कारण स्थानीय तहमा समेत कांग्रेसले आफ्नो नतिजामा उल्लेख्य सुधार गरेको थियो । त्यसैले क्षेत्र नं १ मा कांग्रेस जिल्ला सभापति थापाको विकल्प नभएको कांग्रेस बृत्तमा चर्चा चल्दै आएको छ । त्यसकारण तत्काल उनको विकल्प खोजे त्यो पार्टीका लागि नै अपुरणीय क्षति पुग्ने स्थानिय कांग्रेस नेताहरुको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares