Friday, May 8
Shadow

Author: Interview Nepal

अज्ञात रोगबाट हुम्लामा ६० पशुको मृत्यु

कृर्षि, ब्यानर समाचार
हुम्ला- ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का स्थानियले बताएका छन्। अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गर्नुभयो । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उहाँले भन्नुभयो । ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने क...
पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

टिप्स, ब्यानर समाचार, विचार, शिक्षा
नेपाल सरकारद्वारा संचालित जनक शिक्षा सामग्री केन्द्र लि. द्वारा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै पनि यो चाहिँ पाली भाषा बाट यो चाहिँ संस्कृत बाट, नेवारी ,गुरुङ, तामाङ भाषाबाट आएको भनेर एक ठाउँ उल्लेख गरेको पाइएन। त्यस्तै अर्को कक्षा १० को ऎच्छिक जनसंख्याको पुस्तकमा "जनगणनाको ऐतिहासिक विकासक्रम ( Historical Development of Census ) जनगणनाको इतिहासतर्फ अध्ययन गर्दा प्राचीन जनगणनाको सङ्केत बाइबलमा समेत देखिएको छ । बाइबलमा उल्लेख भएअनुसार पहिलो जनगणना मोसेस ( Moses ) ले  ई . पु . १४१९ र किड्स डेभिड ( King David ) ले  ई . पु . १०१७ मा गराएका थिए । त्यस्तै ई.पू. ३८०० मा बेबिलोनिया , ई...
कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए । उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने-नपाउने व्यवस्था स्पष्ट नभएको समेत बताए । उनले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताए । ...
राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौँ- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन्। आफू कहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन्। सोही क्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधान विपरीत रहेको डा.भट्टराईको दाबी छ। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’ चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोज्न ...
ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ब्यानर समाचार, राजनिती
काठमाडौं- विभिन्न परिस्थिति र राजनैतिक मोडहरू पार गर्दै आएको नेकपा माओवादी केन्द्रले आफ्नो हालको नाम परिवर्तन गर्ने सोचमा छ। हुन त यो पार्टीको यसभन्दा अगाडीका कार्यनीति र रणनीति अनुसार आफ्नो अभिष्ट पुरा गर्न नाम र दस्तावेजहरू छिटो-छिटो परिवर्तन गर्ने गरेको छ। किन यो पार्टी पटक-पटक आफ्नो नाम परिवर्तन गरिरहन्छ ?  के उसको रणनीति,कार्यनीति र सिद्धान्त अनुरूप अव नेपालमा यो नामको अस्तित्व समाप्त भएकै हो त ? कि संसदीय व्यवस्थामा आएपछि यो नामबाट जनता आकर्षित नभएकाले नाम परिवर्तन गर्न खोजिएको हो ? यही नाम फेरेर मात्र जनताको मत आउने भए , नेपाली इतिहास बाट उसले आफ्नो जनयुद्धको इतिहास कसरी मेटाउछ ? कि केही नेताहरूलाई यो नामबाट आपत्ति भएर अर्थात कम्युनिष्ट नेताहरूको आदर्श नेपाली समाजमा बिक्न छोडेर नाम फेर्न खोजिदैछ ! वा विदेशीहरूको अभिष्ट पुरा भैसकेपछि उनीहरूलाई खुसी पार्न नाम फेर्न खोजिदैछ ? ...
नेपालको आईसीसी वरीयता यथावत

नेपालको आईसीसी वरीयता यथावत

खेलकुद, ब्यानर समाचार
काठमाडौं - नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ । नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ। एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ ।२० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।...
५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

टिप्स, ब्यानर समाचार 2
काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९-८० का आयोजना सञ्चालन गर्न राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको बताएका छन् ।...
हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

ब्यानर समाचार, राजनिती
काठमाडौँ – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ-आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन्। माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए। यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ।...
सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

आर्थिक, टिप्स
काठमाडौं- सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका ला...
काठमाडौं क्षेत्र नं ६ मा मेरो उम्मेदवारी रहन्छ – हिमाल शर्मा

काठमाडौं क्षेत्र नं ६ मा मेरो उम्मेदवारी रहन्छ – हिमाल शर्मा

ब्यानर समाचार, राजनिती
काठमाडौं- मंसिर ४ को निर्वाचन मिति जति जति नजिकदै छ, त्यति नै राजनैतिक नेताहरू चुनावी प्रतिस्पर्धाको लागि दलहरू बाट दावी पुग्ने र नपुग्नेहरूको उम्मेदवारी घोषणा गरिदै पनि छ । काठमाडौं छेत्र नं.६ मा काँग्रेसबाट वर्तमान सांसद भीमसेन दास प्रधान र जिल्ला सभापतिले प्रतिनिधि सभा घोषणा गरि सक्नुभएको छ भने एमालेबाट वर्तमान बागमती प्रदेश सांसद योगेन्द्र संगौलाले पनि उम्मेदवारीको घोषणा गरि सकेका छन्। गठबन्धनको कारण काँग्रेसले ६ नं. क्षेत्र नछोड्ने पक्का भएको अवस्थामा ने.क.पा माओवादीका पोलिटब्युरो सदस्य हिमाल शर्मा जो यस क्षेत्र बाट ०७० मा प्रतिनिधि सभामा भीमसेन दाससँग प्रतिस्पर्धामा पराजित हुनुभएको थियो भने ०७४ मा एमाले गठबन्धनको प्रतिनिधि सभा सदस्यको टिकट उहाँकै पार्टीका झक्कु सुवेदी खोसेर लिनुभएको थियो। झक्कु सुवेदी भीमसेन दास सँग पराजित हुनुभएको थियो। यस पटक गठबन्धनले गर्दा उहाँ यस क्षेत्रब...