Friday, May 8
Shadow

Author: Interview Nepal

राष्ट्रिय प्रसारण लाइनमा  २७ मेगावाट बिजुली थपियो

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपियो

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुगेको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताउनुभयो । आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रु पाँच अर्बभन्दा ब...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

समाचार
पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।” दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको ...
नवौँ राष्ट्रिय खेलकुद :साठी करोड खर्च हुने अनुमान

नवौँ राष्ट्रिय खेलकुद :साठी करोड खर्च हुने अनुमान

खेलकुद, मुख्य समाचार
काठमाडौं- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ। अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ । राष्ट्...

प्रदेशसभाको बैठक भदौ १७ गते

राजनिती, समाचार
प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ । ...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।...
झापा-३ प्रदेश ‘क’ मा डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा

झापा-३ प्रदेश ‘क’ मा डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- डिल्लीराम घिमिरे 'हिक्मत' ले मङ्सिर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र ) को तर्फबाट झापा क्षेत्र नं. ३ को प्रदेश 'क ' मा प्रदेश सांसद को उम्मेदवारी दिने घोषणा उहाँले आफ्नो पार्टी कमिटीको बैठकमा आफ्नो धारणा राख्नुभएको छ। २०५३ देखि अनेरास्ववियु (क्रान्तिकारी) बाट राजनैतिक जीवनको यात्रा गर्नुभएको डिल्लीराम घिमिरे 'हिक्मत ' ले २०५६ को स्ववियु निर्वाचन स्थानीय चुनाव र संसदीय चुनावहरूको निर्वाचन कमान्ड सम्हालेर चुनावी रणनीति र कार्यनीतिको ज्ञान हासिल गरिसक्नुभएको छ । बिध्यार्थी आन्दोलनमा २०५९मा ६ महिना जेल जीवन, २०५८ मा नेकपा माओबादी पार्टी जिल्ला सदस्य पुस १३ मा जनयुद्धको क्रममा गिरफ्तार भई ०५९ चैत मा रिहा भै फेरि जन आन्दोलन कै समय ०६२ मङसिरमा गिरफ्तार भै ०६३ जेष्ठ मा रिहा हुनुभएको थियो भने उहाँ ०६३ मा YCL नेपालको केन्द्रीय सदस्य , ०६५ मा केन्द्रीय सचिवालय सदस्य र कोचिला...
काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट पाण्डे र रेग्मी सिफारिस

काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट पाण्डे र रेग्मी सिफारिस

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ५ मा प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) बाट सुरज पाण्डे (कालो बाहुन) र केशव रेग्मी सिफारिस भएका छन् । आज (सोमबार) आयोजित सम्भावित उम्मेदवार चयन कार्यक्रमबाट संघिय निर्वाचनका लागि पाण्डे र रेग्मी सिफारिस भएको क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्काले बताए । राप्र​पाका उपाध्यक्ष​ त​था स​चिवाल​य​ प्र​मुख​ हेम ज​ङ गुरुङको प्र​मुख​ आतिथ्य​तामा भएको उम्मेद​वार छ​नौट कार्यक्रममा उपस्थित अधिकांशले सुरज पाण्डे (कालो बाहुन) लाई नै समर्थन जनाएका छन् । रास्ट्रिय​ युवा मोर्चाको केन्द्रिय​ संयोजक समेत रहेका पाण्डे त्यस क्षेत्रमा लोकप्रिय छन् । युवा र लोकप्रिय भएकै कारण अन्य दलका उम्मेदवार संग टक्कर लिन सक्ने क्षमता भएकाले पाण्डे नै उम्मेदवारमा चयन हुनु पर्ने कार्यक्रममा उपस्थीत अधिकांशको धारणा रहेको छ । साथै केश...
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अतिक्रमित जग्गाको लगत सङ्कलन सुरु

मुख्य समाचार, राजनिती
नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक र अतिक्रमण भएका जग्गाको लगत सङ्कलन कार्य सुरुआत गरेको छ । नगरप्रमुख प्रशान्त विष्टले ३० दिने सूचना जारी गरेर अतिक्रमण भएका जग्गा खाली गराइने र सार्वजनिक जग्गाको संरक्षण गरिने जानकारी दिनुभयो । “सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो । प्रमुख विष्टले लगत सङ्कलन तत्काल सुरु भए पनि यसको कार्यान्वयन हुन करिब तीन महिनाको समय लाग्ने जनाउँदै नक्सा पास नभई निर्माण भएका घरको समेत अध्ययन हुने बताउनुभयो । “पालिकाभित्र धेरै ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण भएकाले त्यस्ता जग्गा कति छन् त्यसको खोजी गरेर लगत निकालिने छ”, उहाँले भन्नुभयो । उहाँले कसैको डर र प्रभावमा नपरी सार्वजनिक जग्गाको अतिक्रमण हटाइनेमा जोड दिँदै सर्वदलीय सहमतिसमेत जुटाइने बताउनुभयो । पालिकासँग सार्वजनिक जग्गाको विषयमा तथ्याङ्क छैन । नेपालगञ्जको त्रिवेण...
फेरि डा. गोविन्द केसीको अनसन सुरु

फेरि डा. गोविन्द केसीको अनसन सुरु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसबीचमा माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुप...