नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का,, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।।फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ ।