Friday, May 8
Shadow

Author: Interview Nepal

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसमा ५३ दाबेदारी

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसमा ५३ दाबेदारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा ९ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ (क)मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सचिव सविन ढुङ्गेलले जानकारी दिनुभयो । त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरम...

दुई थान भरुवा बन्दुकसहित एकजना पक्राउ

अपराध, ब्यानर समाचार 2, समाज
काठमाडौँ -  दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँले भन्नुभयो, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाक धम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौँ ।आज बिह...
अशक्त, असहाय, अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

अशक्त, असहाय, अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ - जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो । लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । “वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ, उहाँले भन्नुभयो, “यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौँ। यसअघि गत भदौ ८ गते सोही नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो । जिल...
गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

ब्यानर समाचार 2, राजनिती, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिनुभएको छ । केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । घाँटीको क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । सिरहाको वस्तीपुरमा २००४ सालमा ...
धादिङ क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी

धादिङ क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी

राजनिती, समाचार
काठमाडौं- नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट ईश्वर अधिकारीले दाबी गरेका छन् । अधिकारीले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गर्दै पार्टीमा नाम दर्ता गराएका छन् । बुधबार नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । प्रदेश सभा सदस्य समानूपातिक तर्फ आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका उनि नेपाल विद्यार्थी संघ धादिङ्को जिल्ला अध्यक्ष हुदै हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेका छन् । उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । अधिकारी धादिङका लोकप्रिय नेता हुन् । लामो समय देखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट पटक पटक गिरफ्तारसमेत भएका छन् । उनले...
प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष चुनाव मा उठ्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष चुनाव मा उठ्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
नेपालमा सांसद बन्न निश्चित शैक्षिक योग्यता तोकिनुपर्ने माग समयसमयमा उठ्ने गरेको छ। तर नेपालको कुनै पनि कानुनले राजनीतिज्ञहरूका लागि कुनै पनि शैक्षिक योग्यता तय गरेको छैन। यसअघिका निर्वाचनहरूमा यस्तो व्यवस्था नभए पनि आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेहरूका लागि शैक्षिक योग्यता बुझाउनुपर्ने व्यवस्था गरेको हो। निर्वाचन आयोगले उम्मेदवारहरूको शैक्षिक योग्यता खुलाउनुपर्ने व्यवस्था गरेपछि कतिपयले आयोगको कदमप्रति संशय पनि व्यक्त गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल मतदाताहरूलाई सही उम्मेदवार छनोटका लागि सहज बनाउन उम्मेदवारहरूको शैक्षिक योग्यतासहित उनीहरूको पृष्ठभूमि पनि सार्वजनिक गर्न लागिएको बताउँछन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ...
फोहर वन क्षेत्रमा नफाल्न धरान उपमहानगरपालिकालाई पत्र

फोहर वन क्षेत्रमा नफाल्न धरान उपमहानगरपालिकालाई पत्र

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले प्रदूषण समेत  बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो । उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।...

पाकिस्तान:चौबिस घण्टामा छत्तिसको मृत्यु्

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।...

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल भ्रमणमा

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नुहुने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।...

अवैध संरचना हटाउने अभियानमा थुप्रै नगरपालिका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले  पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि त्यसको तरङ्ग देशका अन्य भागमा पनि फैलिएको छ। काठमाण्डू उपत्यकाभित्रकै ठीमी नगरपालिकाले मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मापदण्डविपरीत बनाइएका संरचना तथा बाटोमा बाधा पुग्नेगरी थुपारिएका निर्माण सामग्री तथा व्यापार व्यवसाय हटाउन ३५ दिने चेतावनी जारी गरेको छ। पोखरा महानगरपालिकाले सोमवार प्रकाशित एक सूचनामार्फत् पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराएर पछि ती भूमिगत तल्ला अन्य प्रयोजनमा लगाएका संरचना खाली गराई पार्किङमै लगाउन ३५ दिने चेतावनी दिएको छ। धनगढी उपमहानगरपालिकाले चाहिँ भदौ ११ गते शुक्रवार नै सूचना जारी गरेको थियो। उसले खोलानाला अतिक्रमण गरी बनाइएका घर, टहरा, गोठजस्ता संरचना असोज १५ गतेसम्म हटाइसक्ने चेतावनी दिएको छ। जिल्ल...