Sunday, October 25
Shadow

Author: Interview Nepal

पुरै मुसहर बस्ती शौचालयविहीन

पुरै मुसहर बस्ती शौचालयविहीन

Uncategorized, जिवनसैली, समाज
  सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो  मुसहर बस्ती अझै शौचालयविहीन छ । मुसहर समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौच जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताउनुभयो । “सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ” डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो  बस्तीमा अझै शौचा...
शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

ब्यानर समाचार 2, राजनिती, समाचार, स्थानिय तह
काठमाडौँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । “नगरपालिकाले गर्ने हरेक गतिविधि नगरवासीले थाहा पाउनुपर्छ । यही जानकारी गराउन पारदर्शी भित्तो राखिएको हो । हामी जनताका सेवक हौँ, हामीले गर्ने हरेक काम जनताले थाहा पाउनुपर्छ, यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले के गरेको छ, भावी योजना के छन्, नीति र निर्णय के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज होस् भनेर पारदर्शी भित्तो राखेका हौँ ।” निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो...
ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएकोछ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उप...
राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा  व्यस्त

राजनीतिक पार्टीहरु उम्मेदवार चयनमा व्यस्त

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट नौ गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्र...
कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर: कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् । कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ । सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानका...
अनन्तको मन एमालेसंगै !

अनन्तको मन एमालेसंगै !

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने बताएका छन्। विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए। सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे। ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ।’ पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे। दीर्घकालीन र...
तात्यो खोटाङमा चुनावी माहोल

तात्यो खोटाङमा चुनावी माहोल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
खोटाङ - आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाट निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् । प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । उसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य ‘आरपी’, ...
काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस

ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो । प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए । यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।...
चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।...
भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर(विमानवाहक पोत)

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ।यसमा ३० वटा जहाज/हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन्।यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ। यसमा २ हजार ४ सय डिब्बा छन्। २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो।भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो। कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सा...