Sunday, May 5
Shadow

काठमाडौं ६ मा कांग्रेसबाट प्रधान र बानियाँको नाम सिफारिस


  • -इ
  • इ+

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।

समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।

प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।

यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares