Wednesday, August 26
Shadow

Author: Interview Nepal

छठ पूजाको तयारीसँगै माटा भाँडाको व्यापार बढ्दै

छठ पूजाको तयारीसँगै माटा भाँडाको व्यापार बढ्दै

ब्यानर समाचार 2
छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । छठ पर्वमा माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् । यस्ता पर्वमा भाँडा भने माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेशा फस्टाएको व्यापारी बताउछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर...
यस्ता छन्  तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

यस्ता छन् तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

टिप्स, ब्यानर समाचार 2
  १. तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ। २. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ। यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ। ३. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ। ४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ। तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ। ५.  तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ। यसमा राखिएको पानीको से...
वरिष्ठ पत्रकार पाण्डेको निधन

वरिष्ठ पत्रकार पाण्डेको निधन

ब्यानर समाचार 2
नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उहाँको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा सङ्गठनले शोक वक्तव्य जारी गरेका छन् । पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिनुभएको छ । उहाँ क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहनुभएको थियो । उहाँकै प्रकाशन ...
कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार
आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए । तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
किन देउवाले ग्रहण गर्नुभएन भाइटीका ?

किन देउवाले ग्रहण गर्नुभएन भाइटीका ?

ब्यानर समाचार 2
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।
किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीओलीद्वारा भाइटीका ग्रहण

पूर्वप्रधानमन्त्रीओलीद्वारा भाइटीका ग्रहण

ब्यानर समाचार 2
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाउनुभएको छ । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गर्नुभएको हो ।
उम्मेदवार मतदाता रिझाउन खेतबारीमै

उम्मेदवार मतदाता रिझाउन खेतबारीमै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, धाइरिङकी नवीना आचार्यले भन्नुभयो, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।” धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांगे्रसका युवानेता याम परियारले भन्नुभयो, “अहिले केही गाउँमा घरदैलो...
देउसी–भैलीमा मौलिकतामाथि हमला

देउसी–भैलीमा मौलिकतामाथि हमला

ब्यानर समाचार 2, समाज
हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ । यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ । हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । विडम्बना ! अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ ।  एक दशकअघि हरेकला...
आज भाइटिका, शुभ साइत ११:३७ मा

आज भाइटिका, शुभ साइत ११:३७ मा

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटिका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटिका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटिक...