Thursday, April 25
Shadow

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने


  • -इ
  • इ+

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी  घोषणापत्र तयार पारिएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares