Tuesday, September 1
Shadow

Author: Interview Nepal

काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाडौँ- जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।...
मतपत्र पुग्छ ‘किन पुग्दैन  नुन ?’

मतपत्र पुग्छ ‘किन पुग्दैन नुन ?’

ब्यानर समाचार 2, समाचार
काठमाडौ : प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ । तीनवटा गाउँपालिका रहेको यस उच्च हिमाले क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ । त्यसैले तीन वटै खाद्यान्न पुर्याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ । कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ । मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, ख...
काठमाडौँ–१ मा २१ राजनीतिक दल भाग लिँदै चुनावमा

काठमाडौँ–१ मा २१ राजनीतिक दल भाग लिँदै चुनावमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिनुभयो । कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ ...
नेपाल संवत् ११४३ को स्वागत, गरीबको ऋण मिनाह गरेर यसरी भएको थियो शुरूवात

नेपाल संवत् ११४३ को स्वागत, गरीबको ऋण मिनाह गरेर यसरी भएको थियो शुरूवात

ब्यानर समाचार 2
चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना ¥याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा ...
आज सूर्य ग्रहण लाग्दै, के गर्न हुन्छ, के गर्न हुँदैन ?

आज सूर्य ग्रहण लाग्दै, के गर्न हुन्छ, के गर्न हुँदैन ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ- कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५स्२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खा...
प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

निर्वाचन विशेष, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
धनगढी- प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । भागेश्वर गाउँपालिका–५ को नेपाली काँग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ । वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जङ्गबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ...
प्राप्त उपलब्धिहरूको रक्षाका लागि गठबन्धनलाई जिताउनैपर्छ : प्रधानमन्त्री देउवा

प्राप्त उपलब्धिहरूको रक्षाका लागि गठबन्धनलाई जिताउनैपर्छ : प्रधानमन्त्री देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरूको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताए ।  लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरूको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्दै उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह रे । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?’ प्रश्न गर्नुहुँदै प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई बचाएर लोकतन्त्र, सङ्घीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्...
समय यात्रा !

समय यात्रा !

विचार
ए. पोख्रेल- अंतरिक्षमा समय छिटो र ढिलो हुने गर्दछ। यसको रहस्य के हो ? अनि समय यात्रा (Time Travel) कस्तो हुन्छ त ? १. यो कुरा सन 1971 मा गरिएको एउटा परीक्षण अनुसार प्रमाणित भएको थियो। अंतरिक्षमा स्थान अनुसार समय छोटो र ढिला हुने गर्दछ भन्ने आइस्टाइनको सिदान्त अनुसार, वैज्ञानिकहरूले अटोमिक (atomic ) घढीको निर्माण गरी, एउटा घढी पृथ्वीमा राखियो र अर्को घढी हवाईजहाजमा राखी ( aeroplane ) पृथिबीको फन्को मारियो जहाँ, पृथिबीको घढी भन्दा माथिको घढीले कम समय देखायो । २. हामीले प्रकाशको गति बराबर कुनै एउटा रकेटमा बसेर अन्तरिक्षमा जम्मा दश वर्ष (10 Years) लगातार यात्रा गरियो भने पृथिबीमा नौ हजार (9,000 Years) वर्ष बराबर हुने गर्दछ। अर्थात् हामी पृथ्वीमा फर्किदा सबै कुरा स्वतः नौलो हुने छ । अर्को उदाहरण, अन्तरिक्षमा छोडिएका Satellite () हरुको घडीले देखाउने समय पनि समय_समयमा पृथिबीको स...
देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाँदै

देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाँदै

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् । गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् । कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...