Thursday, October 22
Shadow

Author: Interview Nepal

आर्थिक क्रान्तिले मात्रै राजनीतिक क्रान्ति सफल हुने   : अध्यक्ष प्रचण्ड

आर्थिक क्रान्तिले मात्रै राजनीतिक क्रान्ति सफल हुने : अध्यक्ष प्रचण्ड

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहनुभएका उहाँले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताउनुभयो । “हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।” उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राज...
कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

कांग्रेसलाई मेरो सुझाव माओवादीको गाईजात्रा कति हेर्ने ?

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
लेखक - माधव तिमल्सिना काठमाडौंमा नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरेको हो कि डा. बाबुराम भट्टराई र वर्षमान पुनसँग गरेको हो मलाई त बुझ्नै कठिन भएको छ । नेपाली कांग्रेसको बलियो पकड रहेको काठमाडौं २ मा वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई नेपाली कांग्रेसले छाडेको छ र काठमाडौं ७ मा बाबुरामकी छोरी मानुषी यमी भट्टराईलाई छाडेको छ । एमाले फुटेको अवस्था, स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेस एक्लैले सजिलै जित्ने ठाउँ हुन यी । काठमाडौं–९ मा सत्तारुढ गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस पहिलो भए पनि एमालेभन्दा कमजोर भएकाले माओवादी केन्द्र वा अरुलाई टिकट दिंदा कांग्रेसी नेता तथा कार्यकर्ताहरुमा कुनै गुनासो छैन । माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको पक्षमा बिना हिच्किचाहट कांग्रेसी नेता तथा कार्यकर्ताहरु हिंडेका छन् । यो निर्वाचन क्...
चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

चिनियाँ ड्रेगनहरू – किन तिनीहरू यति महत्त्वपूर्ण छन्?

अचम्मका कुरा, ब्यानर समाचार 2
ड्रेगन चीनमा सबैभन्दा लोकप्रिय प्रतीकहरू मध्ये एक हो र व्यापक रूपमा देश बाहिर पनि सबैभन्दा चिनिने चिनियाँ प्रतीकको रूपमा मानिन्छ। ड्र्यागन मिथक सबै चिनियाँ राज्यहरूको संस्कृति, पौराणिक कथा, र दर्शनको एक हिस्सा भएको छ र आजको दिनसम्म गहिरो मूल्यवान छ। चिनियाँ ड्र्यागनका प्रकारहरू: त्यहाँ चिनियाँ ड्र्यागनका धेरै भिन्नताहरू छन्, प्राचीन चिनियाँ ब्रह्माण्डविद्हरूले चार मुख्य प्रकारहरू परिभाषित गरेका छन्: - सेलेस्टियल ड्रैगन (Tianlong): यिनीहरूले देवताहरूको स्वर्गीय निवासहरूको रक्षा गर्छन्, - अर्थ ड्रैगन (Dilong): यी प्रसिद्ध जल आत्माहरू हुन्, जसले जलमार्गहरू नियन्त्रण गर्दछ, - आध्यात्मिक ड्र्यागन (Shenlong): यी प्राणीहरु को शक्ति र वर्षा र बतास को नियन्त्रण छ, - लुकेको खजानाको ड्र्यागन (फुजाङलोङ): यी ड्रेगनहरूले लुकेको खजानालाई सुरक्षित राख्छन्, दुबै प्राकृतिक रूपमा हुने र मानव निर्मि...
किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

किन नेपालको झण्डा मात्र त्रिकोणाकार ?

ब्यानर समाचार 2, विचार
नेपालको बाहेक सबै देशको झण्डा चतुर्भुजाकार छन्, आखिर हाम्रो देशको झण्डा मात्र कसरी त्रिकोणाकार हुन पुग्यो? कहिले हुन पुग्यो? यसका डिजाइनर को थिए? झण्डाको कहानी बुझ्नको लागी सर्वप्रथम 'समुन्द्री जहाज युग' बुझ्न जरूरी छ। सन् १६०० देखि १८०० को बिचमा पानी जहाजको राम्रो विकास तथा विस्तार भएको देखिन्छ। पानीजहाज मार्फत नै युरोपियन देशहरूले अन्य देशहरूमा कब्जा तथा शासन गर्ने गर्थे। यातायातको भरपर्दो र बलियो माध्यम थियो पानीजहाज। यो समुन्द्री जहाज युग भन्दा अगाडी सम्म राष्ट्रिय झण्डा खासै प्रचलनमा थिएन,जब शत्रु वा मित्र जहाज चिन्नको लागी समस्या देखिने भयो तब समुन्द्री जहाज सम्पन्न राष्ट्रहरूले संकेतस्वरूप आफ्नो आफ्नो चतुर्भुजाकार झण्डा प्रयोग गर्न थाले। हाबाको तिब्र वेगमा पनि चतुर्भुजाकार झण्डा परैबाट स्पष्ट देख्न सकिने र अन्य तवरले पनि सहज भएकाले जहाजमा चारभुजे झण्डाको विस्तार भयो। र ज...
कांग्रेसको घोषणापत्र :  एक घर, एक धारा

कांग्रेसको घोषणापत्र : एक घर, एक धारा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ । यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पु¥याइने र शिक्षा तथा...
आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

आज छठ व्रतः ‘सझिया घाट’ को तयारी

ब्यानर समाचार 2, समाचार
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ । यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर...
आगलागी हुँदा  एक करोड मूल्य बराबरको मालसामान  नष्ट

आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान नष्ट

ब्यानर समाचार 2
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो । हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी ...
काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् । केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग ...
खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

ब्यानर समाचार 2
आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो । नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । ...