Tuesday, September 1
Shadow

Author: Interview Nepal

आगलागी हुँदा  एक करोड मूल्य बराबरको मालसामान  नष्ट

आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान नष्ट

ब्यानर समाचार 2
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो । हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी ...
काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् । केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग ...
खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

ब्यानर समाचार 2
आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो । नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । ...
कांग्रेसको सङ्कल्पपत्रमा कृषि

कांग्रेसको सङ्कल्पपत्रमा कृषि

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ । कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्य...
दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ । आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपा...
पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

आर्थिक, ब्यानर समाचार 2
छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ । छठ पूजा गरिने स्थानहरु केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो । छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्षेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताउनुभयो । पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक...
कांग्रेसले आज  चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी  घोषणापत्र तयार पारिएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।  ...
के छ जसपाको घोषणापत्रमा  ?

के छ जसपाको घोषणापत्रमा ?

निर्वाचन विशेष, ब्यानर समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । “प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।” जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको...