Friday, April 26
Shadow

Tag: स्थानियतह

स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...