Monday, April 29
Shadow

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन


  • -इ
  • इ+

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पिपल्स क्यापसले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै दबाब स्वरुप विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको छ ।

क्याम्पसमा भएका तमाम बेथितिहरुका विरुद्ध हामिले गत चैत गते नै क्यामपस प्रमुख मनोज कुँवरलाई विज्ञप्ती बुझाई ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएपछी दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति प्रदिप जंग शाहले बताए । हाम्रो मागहरु क्याम्पसले सम्बोधन नगरे जुनसुकै कदम पनि उठाउन नेविसंघ तयार रहेको उनले बताए ।

No description available.

नेविसंघले इ लाईब्रेरिको ब्यवस्था गरियोस्, भर्ना फर्म शुल्क घटाइयोस्, खेलमैदान को उचित ब्यवस्था गरियोस्, एमबिएस र बिबिएस का विद्यार्थीहरुलाई ब्रेक टाईम को ब्यवस्था गरियोस्, नयाँ कोर्षका अनुसार लाईब्रेरिमा बुक हरुको राखियोस्, कर्मचारी नियुक्त्ती गर्दा विज्ञापना खुलाई खुल्ला प्रतिस्पर्धा मार्फत नियुक्त्त गरियोस, क्याम्पसको हरेक बर्ष को आय ब्याय र बजेट सार्बजनिक गरियोस् लगाएत १५ बुँदे मागहरु अगाडी सारेको छ ।

No description available.

No description available.

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares