Tuesday, April 30
Shadow

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ


  • -इ
  • इ+

काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् ।

उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए ।

साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए ।

कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares