Monday, May 6
Shadow

Tag: कौटिल्यको अर्थशास्त्र

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

पश्चिमा डलरको प्रभावले सनातनी सभ्यता माथी बुलडोजर

टिप्स, ब्यानर समाचार, विचार, शिक्षा
नेपाल सरकारद्वारा संचालित जनक शिक्षा सामग्री केन्द्र लि. द्वारा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै पनि यो चाहिँ पाली भाषा बाट यो चाहिँ संस्कृत बाट, नेवारी ,गुरुङ, तामाङ भाषाबाट आएको भनेर एक ठाउँ उल्लेख गरेको पाइएन। त्यस्तै अर्को कक्षा १० को ऎच्छिक जनसंख्याको पुस्तकमा "जनगणनाको ऐतिहासिक विकासक्रम ( Historical Development of Census ) जनगणनाको इतिहासतर्फ अध्ययन गर्दा प्राचीन जनगणनाको सङ्केत बाइबलमा समेत देखिएको छ । बाइबलमा उल्लेख भएअनुसार पहिलो जनगणना मोसेस ( Moses ) ले  ई . पु . १४१९ र किड्स डेभिड ( King David ) ले  ई . पु . १०१७ मा गराएका थिए । त्यस्तै ई.पू. ३८०० मा बेबिलोनिया , ई...