Friday, April 26
Shadow

स्वास्थ्य

एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुदै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजमा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एन.आर. कलेज  पुर्व विद्यार्थी समाजको आयोजना उक्त शिविर हुन लागेको हो । कलेज-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकको भनाइ छ । जीवन दानको रुपमा लिइदै आएको रक्तदान संगै नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरेर मौकाको फाइदा उठाउन आम समुदायलाई आयोजकको अनुरोध समेत रहेको छ । सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा यहि बैशाख १७ गते सोमबार बिहान ७ बजेदेखि ११:३० बजेसम्म शिविर संचालन गरिने आयोजकले जनाएको छ ।...
परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्दै

समाचार, समाज, स्वास्थ्य
काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले नि:शुल्क आँखा शिविर गर्ने भएको छ । बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा यहि वैशाख १५ गते शनिबार आँखा राेगिहरुका लागि निशुल्क शिविर राखिएको आयोजकले जनाएको छ । शिविर तारकेश्वर नगरपालिका वडा न. ५ मा रहेको नागार्जुन माविमा हुनेछ । तिलगंगा आँखा प्रतिष्ठान र तारकेश्वर नगरपालिका वाड न. ५ को सहकार्यमा हुने शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ । शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीहरुलाइ तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुद्वारा फुलारी गुम्बा जगडोल, काठमाडौमा नि:शुल्क शल्यक्रियाकाे व्यवस्था गरिएको आयोजकले जनाएको छ ।...
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए । ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...
नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

अन्तरवार्ता, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
२८ असार ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका हरेक नागरीकले स्वास्थ्य बिमा गर्दा १५ प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । साथै विपन्न, अशक्त, अशहाय र लक्षित वर्गको लागि निःशुल्क वीमा गरिदिने हामि संगको अन्र्तवार्तामा नगर प्रमुख जगत वहादुर गुरुङले बताएका छन् । स्थानिय तहको निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ विजयी भएका मेयर गुरुङले आफ्नो कार्यकालमा बेलकोटगढी नगरपालिकालाई भौतिक विकासलाई निरन्तरता दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना बनाउने लक्ष्य समेत राखेका छन् । समग्र बेलकोटगढी नगरपालिका केन्द्रित भएर गरिएको कुराकानी... तपाई निर्वाचित हुनुभएको एक वर्ष पुरा भईसक्यो निर्वाचनका समयमा जनता माझ गरेका प्रतिवद्धता कत्तिको पुरा गर्दै हुनुहुन्छ ? निर्वाचित भएको पहिलो वर्ष सिकाईमा नै लाग्यौँ । त्यस संगै बेलकोटगढीको समृद्धि संगै सुशासनका कुरालाई मध्ये नजर गर्दै अघिल्ला जनप्रतिनिधिले गरेका क...
स्वास्थ्यवर्द्धक खान्की सलाद

स्वास्थ्यवर्द्धक खान्की सलाद

जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौं, असार १९ । खानाको पाठ्यक्रममा सलादको छुट्टै महत्व छ । सलाद मन नपराउने कमै होलान् । त्यसैले अधिकांशले दैनिक आहारमा सलाद समावेश गर्छन् । काँक्रो, गाँजर, मुला, प्याजको सानो टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो । जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । सलादमा भिटामिन ‘ई’, भिटमिन ‘सी’ र फाइबर पर्याप्त पाइन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न, रगतमा चिनीको मात्रा कम गर्न, तौल घटाउन सलादको भूमिका रहन्छ । फ्रेन्च मेस्कुलन सलादस्यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस दुई सय ग्राम लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन, मरिच स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।  ...
कुष्टरोग निवारणमा राज्यको भुमिका , मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,

कुष्टरोग निवारणमा राज्यको भुमिका , मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,

ब्यानर समाचार, ब्यानर समाचार 2, स्वास्थ्य
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,                              काठमाडौ - ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी माघ १५ गते कुष्टरोग निवारण दिवस मनाइयो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०...
मोतियाबिन्दुको  निःशुल्क शल्यक्रिया

मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, स्वास्थ्य
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ”, भट्टले भन्नुभयो । उनीहरुको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ । शिविरमा आँखा परीक्ष...
कागती पानी नियमित पिउँदा हुने  १० फाइदा :

कागती पानी नियमित पिउँदा हुने १० फाइदा :

टिप्स, ब्यानर समाचार 2, स्वास्थ्य
 कागती भिटामिन सी को एक राम्रो स्रोत हो। कागतीको नियमित सेवनले  स्वास्थ्य लाभ प्रदान गर्दछ। कागतीको १० वटा  फाइदा जान्नुहोस् जुन तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ : -कागती पानीको नियमित सेवनले  तौल घटाउन मद्दत गर्दछ । -कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो । -कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । -तपाईंको सुन्दरता बढाउन कागती पानी धेरै नै प्रभावकारी हुन्छ। यसले छालालाई फाइदा पुर्‍याउँछ। यसलाई नियमित रूपमा पिउँदा अनुहारमा चमक आउँदछ। -मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । - कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँदछ । -कागती पानीले पाचन क्रियालाइ पनि मजबुत वनाउन सहयोग गर्दछ । -कागतीमा पेक्टिन फाइ...