Friday, April 26
Shadow

कागती पानी नियमित पिउँदा हुने १० फाइदा :


  • -इ
  • इ+

 कागती भिटामिन सी को एक राम्रो स्रोत हो। कागतीको नियमित सेवनले  स्वास्थ्य लाभ प्रदान गर्दछ। कागतीको १० वटा  फाइदा जान्नुहोस् जुन तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ :

-कागती पानीको नियमित सेवनले  तौल घटाउन मद्दत गर्दछ ।

-कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

-कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

-तपाईंको सुन्दरता बढाउन कागती पानी धेरै नै प्रभावकारी हुन्छ। यसले छालालाई फाइदा पुर्‍याउँछ। यसलाई नियमित रूपमा पिउँदा अनुहारमा चमक आउँदछ।

-मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

– कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँदछ ।

-कागती पानीले पाचन क्रियालाइ पनि मजबुत वनाउन सहयोग गर्दछ ।

-कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो–आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ । कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

-कागती स्वादमा अमिलो भएपनि यसको अमीलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

-हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares