Friday, April 26
Shadow

राजनिती

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

मुख्य समाचार, राजनिती
काठमाडौं- जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो । यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।...
लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं— लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए। त्यस अवसरमा नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण व्यक्त गरे। उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे। नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन।’ त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्राध्यापक डा पित...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको ...
आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

मुख्य समाचार, राजनिती, शिक्षा
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पिपल्स क्यापसले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै दबाब स्वरुप विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको छ । क्याम्पसमा भएका तमाम बेथितिहरुका विरुद्ध हामिले गत चैत गते नै क्यामपस प्रमुख मनोज कुँवरलाई विज्ञप्ती बुझाई ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएपछी दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति प्रदिप जंग शाहले बताए । हाम्रो मागहरु क्याम्पसले सम्बोधन नगरे जुनसुकै कदम पनि उठाउन नेविसंघ तयार रहेको उनले बताए । नेविसंघले इ लाईब्रेरिको ब्यवस्था गरियोस्, भर्ना फर्म शुल्क घटाइयोस्, खेलमैदान को उचित ब्यवस्था गरियोस्, एमबिएस र बिबिएस का विद्यार्थीहरुलाई ब्रेक टाईम को ब्यवस्था गरियोस्, नयाँ कोर्षका अनुसार लाईब्रेरिमा बुक हरुको राखियोस्, कर्मचारी नियुक्त्ती गर्दा विज्ञापना खुलाई खुल्ला प्रतिस्पर्...
राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

मुख्य समाचार, राजनिती
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । ...
नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे । सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग ...
तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

राजनिती, समाचार
काठमाडौ- नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् । धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन । ...
पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ...
चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए । साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए । कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए । ...
कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। ...