Tuesday, May 7
Shadow

राजनिती

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

तरुण दलको भवन निर्माणका लागि केन्द्रिय सदस्य घिमिरेद्वारा दुई लाख सहयोग

राजनिती, समाचार
काठमाडौ- नेपाली काङ्ग्रेसको भादृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य सुजन घिमिरेले तरुण दलको केन्द्रिय कार्यालय निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । मंगलबार घिमिरेले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन । नेपाल विद्यार्थी संघबाट राजनीति सुरुगरेका घिमिरे हाल तरुण दलका केन्द्रिय सदस्य समेत हुन । साथै उनी युवा व्यवसायी समेत हुन । घिमिरे तरुण दलको प्रभावसाली नेताको रुपमा परिचित छन । उनको काङ्ग्रेस पार्टीमा पनि राम्रो प्रभाव रहेको उनी निकटहरु बताउँछन् । धादिङ ज्वालामुखीमा जन्मिएका घिमिरे राजनीतिसंगै सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन । ...
पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ...
चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए । साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए । कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए । ...
कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। ...
भारतमा आरजुको सफल शल्यक्रिया

भारतमा आरजुको सफल शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।...
गगनको संवादयात्रा पुन: सुरु

गगनको संवादयात्रा पुन: सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्। महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो। महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’...
संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।...
विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...
कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताएका छन्। नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक गोष्ठीमा बोल्दै उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए। ‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्‍याउँछ,’ उनले भने, ‘सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’ सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए। ‘कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘नेपालमा सुशासन कसरी कायम गर्ने, स्वास्थ्य र शिक्षामा जनताको पहु...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...