Saturday, April 20
Shadow

Tag: प्रचण्ड-नेपाल

प्रचण्ड-नेपाल पक्षले गर्यो फैसलाअनुसार अलग अलग हुने निर्णय

प्रचण्ड-नेपाल पक्षले गर्यो फैसलाअनुसार अलग अलग हुने निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २४। प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्चको फैसलापछिको परिस्थितिको विश्लेषण गर्दै अलग अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन गर्ने बताउदै सँगै यसमा आफुहरुको असहमति रहेको कुरा पनि प्रष्टरुपमा राख्दै जाने बताए । यसअघि नेता रघुजी पन्तले पनि सर्वोच्चको फैसलापछि एमाले र मावोवादी केन्द्रको एकताको सम्भावना खोज्नुपर्नेमा जोड दिएको बैठकमा बताएको उल्लेख गरेका थिए ।    ...
प्रचण्ड-नेपाल पक्षद्वारा ओली र नेम्वाङलगायतलाई हटाउने निर्णय संसद सचिवालयलाई जानकारी

प्रचण्ड-नेपाल पक्षद्वारा ओली र नेम्वाङलगायतलाई हटाउने निर्णय संसद सचिवालयलाई जानकारी

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुबासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलगायतका नेताहरुलाई हटाएको बारे संसद सचिवालयलाई जानकारी दिएको छ । विहिबार प्रमुख सचेतक देव गुरुङ, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा, पम्फा भुसाल लगायतका नेताहरु संसद सचिवालय पुगेर पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय जानकारी गराएका हुन् । नेकपाको प्रचण्ड-नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीसहित नेम्वाङ र चौधरीलाई संसदीय दलको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।...
आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ६ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो । पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा प...
प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध स...
प्रचण्ड-नेपाल पक्षले ओली र पौडेललाई साधारण सदस्यबाटै हटाए

प्रचण्ड-नेपाल पक्षले ओली र पौडेललाई साधारण सदस्यबाटै हटाए

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ। सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस्तो निर्णय गरेको हो । यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उक्त समुहले जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए। यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई पनि निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए। बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको ...
काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दै, ९ ठाउँबाट जुलुस निकालिने

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दै, ९ ठाउँबाट जुलुस निकालिने

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ९ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध(सभा आयोजना गर्न लागेको हो । केन्द्रीय संघर्ष समितिका अनुसार प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुनःस्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने स...
प्रचण्ड-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने पत्र बालुवाटारमा बुझायो

प्रचण्ड-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने पत्र बालुवाटारमा बुझायो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ । प्रचण्ड(नेपाल पक्षको माघ २ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेलगायतका नेताहरु बालुवाटार पुगेर पत्र बुझाएका छन् । उनीहरुले गेटमै पत्र बुझाएर फर्किएको बताइएको छ ।...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...
सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ। ‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’ अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए। ‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’ ‘झुठाे प्रचार’ तर यता प्रचण्ड–नेप...