Friday, March 29
Shadow

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दै, ९ ठाउँबाट जुलुस निकालिने


  • -इ
  • इ+

काठमाडौँ , माघ ९ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध(सभा आयोजना गर्न लागेको हो ।

केन्द्रीय संघर्ष समितिका अनुसार प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुनःस्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने संयोजक श्रेष्ठको भनाई छ । उनका अनुसार सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares