Wednesday, April 24
Shadow

Tag: पक्राउ

पाटेबाघको छालासहित ४ जना पक्राउ

पाटेबाघको छालासहित ४ जना पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, चैत ९ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गङ्गबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन् । सो क्षेत्रमा अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरलाई चेकजाँच गर्नेक्रममा पाटेबाघको छाला एक थान र साढे दुई किलो बाघको हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बाँकेमा वन्यजन्तुको अङ्गसहित यसमा संलग्न व्यक्तिहरु फेला पर्दै जानेको सङ्ख्या बढदै गएको छ । गत महिनायता बाँकेमा प्रहरीले वन्यजन्तु तस्करीका सात वटा घटना फेला पारेको छ । सो अवधिमा प्रहरीले रेडपाण्डा, हात्ती...
जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
जनकपुर, चैत ४ । बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ । घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो ।...
यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
चितवन , चैत ३ । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् । उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्याउने गरेको उनले बताए...
साइबर ब्युरोको सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने ३ जना पक्राउ

साइबर ब्युरोको सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने ३ जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २ । नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रिफेस टेक्नोलोजी प्रालिले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकार...
पेस्तोलसहित ३ जना युवा पक्राउ

पेस्तोलसहित ३ जना युवा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २ । रूपन्देहीको कञ्चनापुरबाट तीन युवालाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । मर्चवारी गाउँपालिका-७ कञ्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही ठाउँका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।...
साढे १९ लाखसहित एक जना पक्राउ

साढे १९ लाखसहित एक जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाडौं , फागुन २९ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प क्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।...
प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८ । प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले बताए। एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताए । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताए ।  ...
भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

अपराध, मुख्य समाचार, समाज, सम्पादकीय
काठमाडौं , फागुन २७ । भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो । प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।  ...
.हत्या अभियोगमा तीन जना पक्राउ

.हत्या अभियोगमा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६ । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ...
बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

बल्खुबाट चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार
  काठमाडौं, फागुन २५ । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँतसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्वी नगरपालिका(४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका(१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका(२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।...