काठमाडौं, चैत २ । रूपन्देहीको कञ्चनापुरबाट तीन युवालाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
मर्चवारी गाउँपालिका-७ कञ्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही ठाउँका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।