Thursday, April 25
Shadow

यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ


  • -इ
  • इ+

चितवन , चैत ३ । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।

उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्याउने गरेको उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares