Thursday, April 25
Shadow

Tag: कोरोना

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

अन्तर्राष्ट्रिय, स्वास्थ्य
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० ...
कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

आर्थिक, समाचार, स्थानिय तह
पौष१८, काठमाडौं बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७८र८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । ‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो,’ काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने । गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोज...
देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

मुख्य समाचार, समाचार, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ १६ भाद्र, काठमाडौं देशभर थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय २३ र एन्टिजेन परीक्षणमा एक सय ४१ जनामा संक्रमण देखिएको हो । यो अवधिमा नौ हजार एक सय १७ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय पाँचजनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार सात सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ५० पुगेको छ ।...
हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ। यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ। भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।...
खोइ कहिलेसम्म ?

खोइ कहिलेसम्म ?

विचार, समाज, साहित्य/कला, स्वास्थ्य
सुखी नेपाली, समृद्ध नेपाल! नयनमा सपना सजाउँदै गर्दा दिमाग, पाठेघर र कारागारको बन्दी भित्र परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा सोच्छु प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको उपचार नपाएरै भएको त्यो कहालीलाग्दो भयानक अनि हृदयविदारक मृत्युुवरण अस्पतालले वेवास्ता गर्दाको त्यो मृत्युवरण शिक्षाको उज्यालो किरण छर्ने ति शिक्षकहरु कोभिड खोपका लागि प्राथमिकता परेनन् यहाँ यस्ता लज्जास्पद गतिविधीहरु लौन न हजुर अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु नआइदिएको भए हुन्थ्यो! सोच्छु, कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद के हाम्रातिर मात्रै हुन् र भन्या? फेरि सोच्छु, अक्सिजन नपाएर रोइकराइ गरेका आफन्त हार गुहार गर्दै भौँतारिँदै ,यताउता कुदेकै थिए क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए परदेशमा कमाउन गएका दाजुभाइ,...
कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

ब्यानर समाचार, राजनिती, समाज, स्वास्थ्य
काठमाण्डौँ, वैशाख १३ आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ । यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...
कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ । भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको ...
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १० । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।...
भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ९ । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्...
भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, चैत ७ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ । ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ ।...