Saturday, April 27
Shadow

Tag: काँग्रेस

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दरखास्त

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दरखास्त

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । ...
काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
लेखक - माधव तिमल्सिना काठमाडौं । कांग्रेस एक्लैले जित्ने अवस्थामा काठमाडौं २ मा रोल्पाबाट उम्मेदवार किन बोकेर ल्याएको भन्दै कांग्रेसभित्रका असन्तुष्ट समूह अहिलेसम्म निस्क्रिय भइरहेको अवस्थामा अब  त्यस  क्षेत्रका  कांग्रेसका क्षेत्रीय नेतृत्व र स्वयम् माओवादी केन्द्रका नेतृत्व र उम्मेदवारसँग जमेर प्रश्न गर्ने निश्कर्ष निकालेका छन् । अझ विशेषगरी माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो कुन जगमा जित्छु भन्दै कांग्रेसको पकड क्षेत्रमा आउनु भयो भनेर जमेर प्रश्न गर्ने उनीहरुको भनाइ छ । माओवादी कार्यदलका पार्टी अध्यक्ष प्रचण्डका अत्यन्त विश्वासिला सदस्य वर्षमान पुनले माओवादी केन्द्रको एकल नाम सिफारिस भएका कृष्णराज सुबेदिको नाम हटाएर कुनै पनि पार्टी कमिटीबाट  सिफारिस नभएकी आफ्नी श्रीमती ओनसरी घर्तीलाई काठमाडौं २ मा बोकेर ल्याएर उम्मेदवार बनाएको भन्दै कांग्रेसबाट सम्भावित उम्मेदवार माधवी भ...
कांग्रेसको घोषणापत्र :  एक घर, एक धारा

कांग्रेसको घोषणापत्र : एक घर, एक धारा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ । यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पु¥याइने र शिक्षा तथा...
कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको थियो भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो । उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ । प्र...
काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ- समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुङ्गो लगाउन नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरूमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरू छलफलमा जुटेका हुन् । प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुङ्गो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुङ्गो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए । शीर्ष तहका नेताहरूको बैठक चार दिनदेखि बसिरहेपनि ...
यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुन शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले नेतृत्व गरेको केन्द्रीय कार्य समिति यस्तो रहेको छ । १४ औं महाधिवेशन बाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली: पदाधिकारी (१३ जना) सभापति – शेरबहादुर देउवा उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी । केन्द्रीय सदस्यहरू :- खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, ग...
कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १६ काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए । उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’ कां...
कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

Uncategorized
          काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’ पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउन...
काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ । बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग भइरहेको छलफल र आगामी दिनमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । लोकसेवा आयोगको रिक्त पदाधिकारी नियुक्ति, सदस्यता नविकरण र नयाँ वितरणको अहिलेसम्मको अवस्था, विवादित जिल्लाका विषयमा पनि बैठकले सैद्धान्तिक निर्णय लिनेछ । साथै, बुथ समितिको निर्वाचनका विषयमा विधानमा रहेको विद्यामान व्यवस्थालाई निलम्बन गर्ने विषयमा पनि बैठक कुरा हुनेछ । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पार्टीको महाधिवेशनसहित समसामयिक विषयमा छलफल ग...
सरकारबारे काँग्रेसमा दुई धार !

सरकारबारे काँग्रेसमा दुई धार !

ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं , चैत ६ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा। शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द...