Wednesday, May 8
Shadow

Tag: मृत्यु

सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु

सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं पुस २१ । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने दोलखाको मेलुङ गाउँपालिका-५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकी रहेका छन् । उनी भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका थिए । भक्तपुर नगरपालिका-२ ब्यासी इतापामा बिजुलीको पोलमा चढेर बत्ती मर्मत गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ...
बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बाजुरा, पुस २० ।बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर एक जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन् । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै रहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानियले खोजि गर्दा आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको र केही समयपछि उनको ३ बजे मृत्यु भएको स्थानीय जङग खड्काले जानकारी दिए ।...
दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।...
टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।...
दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । दाङको देउखुरीमा जीपले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । लमही नगरपालिका ५ नर्तीमा लु२च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।...
कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

मुख्य समाचार
काठमाडौं, पुस १३ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आज सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिए...
बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस ११ । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको हो । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको छ ।  ...
आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

दुर्घटना, समाचार, समाज
काठमाण्डौँ, पुष ९ कञ्चनपुर पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...