Friday, April 19
Shadow

सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु


  • -इ
  • इ+

 

काठमाडौं पुस २१ । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने दोलखाको मेलुङ गाउँपालिका-५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकी रहेका छन् ।

उनी भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका थिए ।

भक्तपुर नगरपालिका-२ ब्यासी इतापामा बिजुलीको पोलमा चढेर बत्ती मर्मत गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares