काठमाडौँ, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन। बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको मिति तय गरिएको छ ।
बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दाबी समेत गरे । यसैबीच सैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते ९२०७८० मा गर्ने प्रस्ताव पारित गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।यसअधि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।