प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् ।
आज ९मंगलबार० सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।
देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् ।
उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठ...