लागु औषध तथा अबैध औषधि सहित अलग अलग ठांउ बाट दुई जना पक्राउ
कपिलवस्तु, पुस १५
लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचास) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन्। साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधी सहित एक जना पक्राउ परेकाछन्।
पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ झण्डेनगर बस्ने बर्ष २० का आशिफ शाहलाई रोकी प्रहरीले चेक जाँच गर्दा निजले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १ (एक) ग्राम ५० (पचास) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी रितपुर्वक पक्राउ गरी लागु औषध ब्राउन स...









