Monday, March 24
Shadow

बज्राचार्य कार्यकालका सफल कोषाध्यक्ष जसले पुर्याए २० लाख पत्रकार कल्याणकारी कोष


  • -इ
  • इ+

 

कपिलवस्तु, पुष १०

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अन्र्तरगतको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्‍याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा एक५ कार्यक्रमका विच सो रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै शाखा का नि वर्तमान समिति र कोषाध्यक्ष मोहन बेल्वासेको सुशासनका लागि परदर्शी अभियानले सो रकम बचत गर्न सफल भएको शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए ।
पद हस्तान्तरण कार्यक्रममा नयाँ समितिलाई स्वागत गर्दै उपाध्यक्ष हरि अधिकारीले महासंघमा विभेदपुर्ण शुद्धिकरण रहेसम्म पत्रकार महासंघको विवाद अन्त्य नहुने बताए ।
पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष डिलाराम भुषालले शुद्धिकरणमा भएका गल्ती कमजोरी आगामी दिनमा सच्याएर जाने बताए ।
निर्वाचन समितिका संयोजक सरोज खनाल, लुम्बिनी प्रदेश सदस्य सरिता थारु, लुम्बिनी प्रदेशका नि वर्तमान अध्यक्ष बसन्त गिरी, लगाएतले पत्रकारहरुको क्षमता विकास र श्रीजनशिलतामा जोड दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रिय सदस्य विकास बन्जाडेले समाजमा पत्रकारहरुको भुमिकामा प्रश्न चिन्ह नउठ्‌ने गरि काम गर्नुपर्नेमा जोड दिएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares