Sunday, January 12
Shadow

कृष्णानगर भन्सारलाई अपग्रेड गर्न व्यापारीहरुको माग


  • -इ
  • इ+

कपिलवस्तु , पौष – १० 

भन्सार विभाग प्रमुखसंग जिल्लाको कृष्णानगर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका छन ।
आज कृष्णनगर भन्सार कार्यालय पुगेका भन्सार विभागका महा निर्देशक हरिशरण पुडाशैनीलाई भेटेर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका हुन ।
व्यापारीहरु तेस्रो मुलुक अयात , सुख्खा बन्दरगाह निर्माण, भन्सारमा भईरहेको व्यातिथि,प्लाईउड सिमेन्ट निर्यातमा सहजता, गल्ला व्यापारीको समस्या लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष विजय कुमार कानोडिया , कुनाल प्रताप शाह, रितेश शर्मा, सकिर अहमद शाह, इसरार अहमद शाह लगायतले महानिर्देशक पुडाशैनीलाई भेटेर नाकालाई सुक्नबाट जोगाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares