उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् – डा.अम्बरीश पोख्रेल
उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् । तर अहिले यस्तै नयाँ पुस्ताका मान्छेको बिगविगी बढेको छ ।
१. समाजलाई अगाडि बढाउन चाहनेहरुले वा बढाउनेहरूले आफू र आफ्नो परिवारलाई प्राथमिकतामा राखेका हुँदैनन् ।
ठुला उदाहरणहरू:
महात्मा गान्धी, कार्ल मार्क्स,
नेपालको महावीर पुन।
मोहन चन्द्र अधिकारी ।
मेरी क्युरीका श्रीमान श्रीमती ।
साना उदाहरणहरु लाखौं लाखमा छन् । तपाईं हाम्रो गाउँ टोल टोलमा उनीहरू हुन्छन् । तिनीहरू नै समाजका सुरक्षाका आधार खम्बाहरू हुन् । तिनीहरूबाट समाजलाई व्यवस्थित गर्ने गराउने काम भइरहेको हुन्छ।
२. तर चरम स्वार्थी लम्पट, उपभोक्ताबादी सोच विकास भएका मान्छेहरू चाहिँ यसको विपरीत धारमा (आफू र आफ्नो परिवारको लागि जे पनि गर्ने गराउने) उभिएका हुन्छन् ।
यिनीहरू समाजमा हानिकारक हुन्छन् । त्यसको मात्रा कम बेसी परिस्थितिजन्य हुने गर्दछ। तर यिनीहरूको बाहुल्यता...








