नेता कृष्णप्रसाद सिटौला द्वारा कांग्रेस र एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त
काठमाडौ - मंगलबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा कामनपा–१६ स्थित नयाँबजार मल्टि भेन्यूमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको बताए ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख स...









