Monday, January 20
Shadow

पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु


  • -इ
  • इ+

– अजय मिश्र 

कपिलवस्तु /कृष्णनगर, साउन ९

जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ।

कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
दिउसाे पाेखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।

शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares