Monday, January 20
Shadow

वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल


  • -इ
  • इ+


काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (शुष्म) उप–समितिको आयोजनामा १ दिवसीय लघुवित्त (शुष्म) परियोजना अन्तर्गत सहकारी शिक्षा तथा लघुवित्त बारे कार्यक्रम धोविघाट, ललितपुर स्थित मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलमा २०८१ असार २६ गते सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले विद्यालयमा आवद्व शिक्षक तथा शिक्षिकाहरु मार्फत विद्यालयमा अध्यरत छात्र छात्राहरुलाई सहकारी शिक्षा प्रदान गर्दै बाल वचत गर्ने पे्ररणा जागरण गर्दै लैजानुका साथै शिक्षक शिक्षिकाहरु सबैलाई भई सहकारी नियम भित्र रहि बचत गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले सहकारी जगतमा यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रतिशत व्याजदरमा आफ्ना शेयर सदस्यहरुलाई सामूहिक जमानीमा रू. १ लाख सम्म कर्जा उपलब्ध गरेको हुँदा तपाईहरुले यसको सदुपयोग गरि दीर्घकालीन सोचका साथ शिक्षा, व्यापार, व्यवसाय जस्ता उत्पादनमूलक कार्य गर्न सकिएन भने पनि पारिवारीक रुपमा आइपर्ने आर्थिक समस्या समाधान गर्न आफुले लिएको कर्जा १ वर्ष भित्र किस्तामा भूक्तानी गरी आ–आफ्नो आर्थिक समस्या सुल्झाउन सुझाउनु भयो । साथै उक्त शिक्षा तथा जनजागरण कार्यक्रम पश्चात मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलका २५ जना शिक्षक शिक्षिकाहरु आवद्व हुने प्रण गरी लघुवित्त (शुष्म) समूह तुरुन्त गठन गर्ने सहभागीहरुले वताउनु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares