Thursday, April 23
Shadow

Month: July 2024

वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

ब्यानर समाचार, समाचार
काठमाडौं - वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो। उक्त कार्यक्रममा ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का पूर्व वडाध्यक्ष समेत रहेका वचन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा लघुवित्त (सुष्म) उप-समितिका संयोजक मनोहरि तिवारीले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्य गरिरहेका स्थानीयबासीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुगोस् भनेर वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको सदुपयोग गरि आफ्नो उत्पादन वृद्धि हुने गरी कार्य गर्न आग्रह गर्दै म पनि यहींको स्थानीयबासी भएकोले यो कार्यक्रमको जसअपजसको जिम्मेवार आफू पनि हुने बताउनुभय‍ो । कार्यक्रममा मन्तव्य व...
प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

समाचार
कपिलवस्तु, अषाढ २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न भएको छ। मारवाड़ी सेवा समितिको आयोजना तथा श्याम भक्त मंडलको संयोजकमा शोभायात्रा निकालिएको जानकारी आशु कंछलले दिए। भव्य प्राण प्रतिष्ठा महोत्सव ६,७,८ जुलाईमा श्री श्याम बाबा एवम् नव निर्मित मंदिर माँ काली जी, श्री लक्ष्मी नारायण भगवान्, श्री हनुमान जी, लगामतको मूर्ति हरूको प्राण प्रतिष्ठा हुने जानकारी गराइएको छ। राणी सती मंन्दिर( पडाव) बढ्नी बाट निकालिएको शोभा यात्रा गोलाबजार, मालगोदाम रोड हुदै कृष्णनगर बजार नगर परिक्रमा गरि लक्ष्मी नारायण मन्दिरमा शोभायात्रा समापन भएको थियो। मनोज कानोडिया,राजकुमार टिबडेवाल, मनीष सिंघल, विक्रम सिंघल, राम अवतार अग्रवाल, अरबिंद अग्रवाल, हिमांशु अग्रवाल, आशिष अग्रवाल, चेयरमैन उमा अग्रवाल प्रतिनिधि रवि अग्रवाल, बढ्नी चेयरमैन सुनील कुमार अग्रहरि, लगा...
परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए । यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम...