Friday, June 19
Shadow

Month: September 2022

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । चाडपर्वको समयमा देशको  राजधानी काठमाडौँको लाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न...
सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको  थियो । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो। दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको बताइएको छ । सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाच...
पाकिस्तानलाई इन्धन सहायताका लागी  रुस सकारात्मक

पाकिस्तानलाई इन्धन सहायताका लागी रुस सकारात्मक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ । प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार पाकिस्तानका एक वरिष्ठ सरकारी अधिकारीले उक्त छलफल बारे जानकारी दिएका हुन् ।समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका क्रममा उनीहरू बीच भेट भएको हो। "रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मकरूपमा लिएको", भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले ...
चट्याङका कारण २४ घण्टामा  एक्काइस जनाको मृत्यु

चट्याङका कारण २४ घण्टामा एक्काइस जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएकोत्यस राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले  पुष्टि गरेका छन् । कृषिकार्यमा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ ।...
हिमालय बैंकद्वारा न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालय बैंकद्वारा न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालन

ब्यानर समाचार 2, सुचना प्रविधि
हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट र अप्ठ्यारो बिना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सकिनेछ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सुविधाले बैंक​का ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।...
तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
तालिबान सरकारले  आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विभागका अनुसार तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा र  एक महिनाभित्र टिकटकमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्। तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ। तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो। अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो। कतिपय ...

क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव  आयोजना गरिएको छ । त्यस अवरसमा  नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने  क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले विधेयकमा जोड दिनुभयो । उहाँका अनुसार क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।...
५४ लाख नाघ्यो डिम्याट खाता खोल्नेकाे संख्या

५४ लाख नाघ्यो डिम्याट खाता खोल्नेकाे संख्या

ब्यानर समाचार 2
पुँजीबजारमा डिम्याट खाता  खोल्नेकाे संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जानकारी दिएको छ।  ...
सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको  ?

सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ?

ब्यानर समाचार 2
आज मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।     ...