Monday, May 20
Shadow

Month: August 2022

ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

अन्तर्राष्ट्रिय, राजनिती, विचार
हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । १. विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार बढी परिपक्क र जिम्मेबार रहेछ, हालको जोन वाईडेन् वा उनको पार्टीे वा सरकार भन्दा। २. हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए। ३. स्मरणीय कुरा के छ भने, जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा । ४. ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो। ५. तर विश्वव्यापी रूपमा उनी वा उनको पा...
चीनका विभिन्न भागमा लकडाउन !

चीनका विभिन्न भागमा लकडाउन !

अन्तर्राष्ट्रिय
काठमाडौं- कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।...
बिदेशी लगानी, विभाजित जनता र पछुवा कार्यकर्ता

बिदेशी लगानी, विभाजित जनता र पछुवा कार्यकर्ता

ब्यानर समाचार, विचार
अम्बिरस पोख्रेल- नेपालमा जनता नै विभाजित छन् । त्यसैको कारणले हामी व्यक्तिको पछि लागिरहेका छौ। १. धेरै देशहरुमा राजनीतिक पार्टीहरु विभाजित त हुन्छन नै तर जनता विभाजित हुदैनन । २. हाम्रो देशमा पार्टी र पार्टीका गुट अनुसार समेत जनता विभाजित छन् वा गराइएको छ । यसको लागि देशी बिदेशी शक्तिबाट समेत चलाखी पुर्बक ठुलो लगानी भैरहेको छ । यो नेपालको लागि खतरनाक अबस्था र नेपाल राज्यको सबैभन्दा ठुलो कमजोरी रहेको देखिन्छ । ३. अचम्म त के छ भने राज्यका निकाय वा राज्य प्रमुखहरु समेत सोहि काम गर्न सधै उद्दत देखिन्छन । ४. जाने बुझेकाले समेत आफ्नो बिबेक प्रयोग गर्दैनन् वा गर्न सक्ने बाताबरण छैन भनेर पनि भन्न सकिन्छ। त्यसको कारणले पनि "स्थायी सरकार सुशासनको आधार" भन्ने कुरा लागु गर्न सकिएको छैन वा त्यो अनुसार काम कारबाही हुन् सकेको छैन कि ? यसले निम्त्याउने भनेको अराजकता नै हो । त्यही अराजकताले...
शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं-  काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्। प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि ...
चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।...
‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

ब्यानर समाचार, राजनिती
काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ । जय नेपाल शब्दलाई पार्टी भित्र...
भ्रमबाट मुक्त बनौ ! किन, कहिले र कसरी सहयोग गर्छ चाइनाले ?

भ्रमबाट मुक्त बनौ ! किन, कहिले र कसरी सहयोग गर्छ चाइनाले ?

ब्यानर समाचार, विचार
अम्बरिस पोखरेल- अझ चैनाले (चाइना) नेपाललाई सहयोग गर्छ रे ? कहिले र कसरी गर्छ सहयोग ? १. आफ्नै देशको अभिन्न भूमिलाई, (एउटा सानो टापु ताइवान) मूख्य भुमिसंग जोड्न नसक्ने चिनियाँले, बहु ध्रुवीय विश्वको नेतृत्व गर्दै छ, भनेर नेपालका ठूला ठूला विद्वानहरु दैनिक लेख, रचना र भाषण गर्दै हुनुहुन्छ! अचम्म लाग्छ । २. आज भोलि त्यो मुख्य भूमिको चिनियाँ सेना, यो गर्मीमा ताइवान टापुको ओरीपरी पौडी खेल्दै छन । गर्मीमा पौडी खेल्ने सही समय हो। ३. अनि वाख्खै वाख्खाई खेल्दै छन, आफ्नै देशका चिनियाँ नेता बेइजिङ तीर पनि । यो भन्दा बढी गर्ने गराउने हिम्मत उनीहरूमा थिएन र छैन पनि । भविष्य अन्योल छ। अझै निश्चित छैन उनीहरूको । ४. जुन दिन मल्टी एटोमिक वारहेड मिसायल, जुन आवाज भन्दा पनि कयौ गुणा बढी गतिको अमेरिका तिर तयार हुन्छ, त्यसको केही मिनट महिना वा वर्ष भित्रमा चैनाको पौडि खेल र नेताको वाख्खई...
एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

शिक्षा, समाज
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १० नेपालटारमा रहेको एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । समयमा नै भवन रेक्ट्रोफिट्ङको काम सम्पन्न हुन नसक्दा सहज रुपमा पठन पाठन कार्य प्रभावित भएको प्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) एनआर कलेजका विद्यार्थी नेता एवम् ने बि संघ सामुदायिक क्याम्पस समन्वय समितीका अध्यक्ष परोपकार अधिकारीले आपत्ति जनाएका थिए । उने सामाजिक सञ्जालमा भनेका छन्, तारकेस्वरको मुटु नेपालटारमा रहेको एन आर कलेजको भवन रेक्ट्रोफिट्ङको नाममा ढिलासुस्ती गर्दा हजारौ बिध्यार्थिको पठनपाठनमा समस्या आउदा पनि लाचार रुपमा कानमा तेल हाल्ने बिध्यालय प्रशासनले के जबाफ देला ? कार्य सम्पादनमा ढिला सुस्ती किन र कहिले सम्म सम्बन्धित पक्षले बिध्यालय प्रशासनलाइ स्पस्टिकरण लिने कि नलिने ? विद्यार्थी र विद्यार्थी संगठनको विरोध पश्चात क्याम्पस प्रश...
निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । आयोग स्रोतका अनुसार उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेख...
काठमाडौं क्षेत्र नं ९ मा राप्रपाबाट राम कुमार रिजालले गरे उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नं ९ मा राप्रपाबाट राम कुमार रिजालले गरे उम्मेदवारी घोषणा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट राम कुमार रिजालले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । शनिवार आयोजित पार्टीको सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । रिजाल राप्रपाको पूर्व केन्द्रिय सदस्य पनि हुन् । रिजाल लामो समय देखि निरन्तर राप्रपामा सक्रियताको साथ राजनीति गरिरहेका छन् ।...