Thursday, April 25
Shadow

बिदेशी लगानी, विभाजित जनता र पछुवा कार्यकर्ता


  • -इ
  • इ+

अम्बिरस पोख्रेल- नेपालमा जनता नै विभाजित छन् । त्यसैको कारणले हामी व्यक्तिको पछि लागिरहेका छौ।

१. धेरै देशहरुमा राजनीतिक पार्टीहरु विभाजित त हुन्छन नै तर जनता विभाजित हुदैनन ।

२. हाम्रो देशमा पार्टी र पार्टीका गुट अनुसार समेत जनता विभाजित छन् वा गराइएको छ । यसको लागि देशी बिदेशी शक्तिबाट समेत चलाखी पुर्बक ठुलो लगानी भैरहेको छ । यो नेपालको लागि खतरनाक अबस्था र नेपाल राज्यको सबैभन्दा ठुलो कमजोरी रहेको देखिन्छ ।

३. अचम्म त के छ भने राज्यका निकाय वा राज्य प्रमुखहरु समेत सोहि काम गर्न सधै उद्दत देखिन्छन ।

४. जाने बुझेकाले समेत आफ्नो बिबेक प्रयोग गर्दैनन् वा गर्न सक्ने बाताबरण छैन भनेर पनि भन्न सकिन्छ। त्यसको कारणले पनि “स्थायी सरकार सुशासनको आधार” भन्ने कुरा लागु गर्न सकिएको छैन वा त्यो अनुसार काम कारबाही हुन् सकेको छैन कि ? यसले निम्त्याउने भनेको अराजकता नै हो । त्यही अराजकताले गर्दा हामी व्यक्तिको कुरा गरिरहेका छौ ।

५. कुनै नगरपालिकाको वार्ड वा नगरपालिका वा कुनै मन्त्रलाय वा विभागले गर्ने सानो कामको लागि समेत हामी देशको कार्यकारिणी प्रमुख संग त्यो कुराको अपेक्षा गर्दछौ र त्यसको आधारमा तिनीहरुको वाह वाह वा दुर दुर र छिर छिर गरिरहेका छौ ।  अस्तु ए पोख्रेल ।

लेखक- वातावरण विषयमा विध्यावारिधी गर्नु भएका अम्बिरस पोख्रेल वातावरण विज्ञ मात्रै होइन उहाँ राजनीति, अन्तर्राष्ट्रिय, साहित्य, संकृतीमा नि उत्तिकै चासो राख्नु हुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares