Sunday, May 19
Shadow

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै


  • -इ
  • इ+

दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ।

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमण पछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। सो भ्रमणको विरोधमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो।

उक्त जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकार प्रयोग गर्दैछन्।

बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ, ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ।आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ।

रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै उक्साहटलाई परास्त गर्न तयार रहेको जनाएको छ। अमेरिकी नौसेनाले एक विज्ञप्तिमा ताइवान स्ट्रेट हुँदै गरिने यात्राले “स्वतन्त्र र खुला हिन्द-प्रशान्त क्षेत्रका लागि अमेरिकी प्रतिबद्धता” प्रस्तुत गर्ने जनाएको छ। विज्ञप्तिमा थप भनिएको छ, “ती पानीजहाजहरू उक्त स्ट्रेटमा त्यस्तो जलमार्गबाट अगाडि बढेका छन् जुन कुनै तटीय राज्यको जल सीमाभन्दा बाहिर पर्छ।”

ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फोर्सले त्यसलाई निगरानी गरेको भए तापनि “सामान्य अवस्था रहेको” जनाएको छ।चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै आवश्यक परे बलपूर्वक फिर्ता ल्याइने बताउदै आएको छ।तर आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा भिन्न ठान्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares