Monday, May 6
Shadow

झापा-३ प्रदेश ‘क’ मा डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा


  • -इ
  • इ+

काठमाडौं- डिल्लीराम घिमिरे ‘हिक्मत’ ले मङ्सिर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र ) को तर्फबाट झापा क्षेत्र नं. ३ को प्रदेश ‘क ‘ मा प्रदेश सांसद को उम्मेदवारी दिने घोषणा उहाँले आफ्नो पार्टी कमिटीको बैठकमा आफ्नो धारणा राख्नुभएको छ।

२०५३ देखि अनेरास्ववियु (क्रान्तिकारी) बाट राजनैतिक जीवनको यात्रा गर्नुभएको डिल्लीराम घिमिरे ‘हिक्मत ‘ ले २०५६ को स्ववियु निर्वाचन स्थानीय चुनाव र संसदीय चुनावहरूको निर्वाचन कमान्ड सम्हालेर चुनावी रणनीति र कार्यनीतिको ज्ञान हासिल गरिसक्नुभएको छ ।

बिध्यार्थी आन्दोलनमा २०५९मा ६ महिना जेल जीवन, २०५८ मा नेकपा माओबादी पार्टी जिल्ला सदस्य पुस १३ मा जनयुद्धको क्रममा गिरफ्तार भई ०५९ चैत मा रिहा भै फेरि जन आन्दोलन कै समय ०६२ मङसिरमा गिरफ्तार भै ०६३ जेष्ठ मा रिहा हुनुभएको थियो भने उहाँ ०६३ मा YCL नेपालको केन्द्रीय सदस्य , ०६५ मा केन्द्रीय सचिवालय सदस्य र कोचिला राज्य अध्यक्ष भएर राजनैतिक अनुभव र ज्ञान हासिल गर्नुभएको छ । साथै सामाजिक कार्य र बिकास मा पनि सक्रिय हुनुहुन्छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares