Sunday, May 19
Shadow

काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट पाण्डे र रेग्मी सिफारिस


  • -इ
  • इ+

काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ५ मा प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) बाट सुरज पाण्डे (कालो बाहुन) र केशव रेग्मी सिफारिस भएका छन् । आज (सोमबार) आयोजित सम्भावित उम्मेदवार चयन कार्यक्रमबाट संघिय निर्वाचनका लागि पाण्डे र रेग्मी सिफारिस भएको क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्काले बताए ।

राप्र​पाका उपाध्यक्ष​ त​था स​चिवाल​य​ प्र​मुख​ हेम ज​ङ गुरुङको प्र​मुख​ आतिथ्य​तामा भएको उम्मेद​वार छ​नौट कार्यक्रममा उपस्थित अधिकांशले सुरज पाण्डे (कालो बाहुन) लाई नै समर्थन जनाएका छन् । रास्ट्रिय​ युवा मोर्चाको केन्द्रिय​ संयोजक समेत रहेका पाण्डे त्यस क्षेत्रमा लोकप्रिय छन् । युवा र लोकप्रिय भएकै कारण अन्य दलका उम्मेदवार संग टक्कर लिन सक्ने क्षमता भएकाले पाण्डे नै उम्मेदवारमा चयन हुनु पर्ने कार्यक्रममा उपस्थीत अधिकांशको धारणा रहेको छ ।

साथै केशव रेग्मीले पनि आफूले पार्टीलाई लामो समय सम्म सक्रिय रुपमा काम गरेर योगदान दिदैँ आएको र हाल सम्म कुनै पनि पदको लोभ नगरेकाले यस पटक उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी दिनहरु देशको लागि काम गर्नको लागि आफुले उम्मेदवारी दिन लागेको उनले बताए ।

त्यस्तै, क्षेत्र नं ५ को समानुपातिक तर्फ चन्द्र बहादुर गुरुङ, सृजना रानि वर्मा, अम्बिका देवि थापा, पुरुषोत्तम दंगाल, रामेश्वर पौडेलले उम्मेदवारीको लागि आफ्नो दर्ता गरेका छन् । प्रत्यक्ष तर्फ उम्मेदवारी दिने निर्णय गरेका रामेश्वर पौडेलले आफू समानुपातिकमा रहेर प्रत्यक्षमा सुरज पाण्डेलाई समर्थन जनाएका छन् ।

क्षेत्र नं ५ प्रदेश (क) को प्रत्यक्ष तर्फ अमित थापा मगर र राजेन्द्र प्रजापतिले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै, प्रदेश (ख) को प्रत्यक्ष तर्फ क्षेत्रिय​ अध्य​क्ष​ न​बिन ख​ड्का र सुसन​लाल श्रेष्ठ सिफारिसमा परेका छन् । समानुपातिक तर्फ सागर बस्नेत, भरत के.सि, दुर्गा पौडेल, कमल गुरुङ, रानु परियार, सावित्रा क्षेत्रि, विष्णुहरी उपाध्याय र कमला पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । साथै प्रदेश (क) को समानुपातिकमा सरु खड्का थापा मगरले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares