Friday, March 29
Shadow

Month: July 2022

तारेकश्वरमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

तारेकश्वरमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार
काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक  नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए । दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।...
भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस

भदौमा देशव्यापी विशेष अभियान चलाउँदै काँग्रेस

ब्यानर समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ । यो अभियानको विस्तृत खाका काँग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने काँग्रेसको सर्त छ । गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, काँग...
देशभक्त दीर्घराज प्रसाईंको नजरमा “भानुभक्त “

देशभक्त दीर्घराज प्रसाईंको नजरमा “भानुभक्त “

विचार
दीर्घराज प्रसाई/आदिकवि भानुभक्त नेपालीहरुको स्मरणीय विभूति हुन् । आज असार २९ गते आदिकवि भानुभक्तप्रति हामी नेपालीहरु जो जहाँ छौं, श्रद्धाञ्जली अर्पण गरौं ! २०७९ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ अषाड २९ गते तनहुँको रम्बामा आइतबार भएको थियो । उनको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो । नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतातसँग आवद्ध छ । भाषीक हिसावले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीहरुको लागि उनी एकताका प्रेरणा बनेका छन् । बाल्मिकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्येमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाउन सकेका थिए । बाल्मिकि संस्कृत भाषाका आदिकवि हुन् । बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । बाल्मिकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ...
सरकारको एक वर्ष : प्रधानमन्त्रीले कहाँ ‘बिराए बाटो’

सरकारको एक वर्ष : प्रधानमन्त्रीले कहाँ ‘बिराए बाटो’

ब्यानर समाचार, राजनिती
काठमाडौं- वर्तमान सत्ता गठबन्धनका दलहरू एक वर्षभन्दा केही अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संयुक्त आन्दोलनमा थिए। गठबन्धनका नेताहरूले आफूलाई राजनीतिक रूपमा हायलकायल पारिरहेका ओलीलाई अधिनायकवादी, निरङ्कुश र संविधान विरोधीको रूपमा चित्रण गरिरहेका थिए। सर्वोच्च अदालतले दोस्रो संसद्-विघटन पनि उल्टाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनीहरूले आफूलाई लोकतन्त्र र संविधानको रक्षक भनेर नायकको रूपमा प्रस्तुत गरे र त्यो दाबी अहिले पनि गरिनै रहेका छन्। तर वर्ष दिनमा परिस्थिति प्रतिकूलतामा फेरिएको देखिन्छ। त्यसको प्रस्ट झल्को सोमवारदेखि सुरु भएको प्रधानमन्त्रीको दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमै प्रकट भएको पाइयो। ओलीविरुद्धका आरोपको 'नयाँ अवतार' कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा धारणा राख्दा गठबन्धनले विग...
माओवादीमा १५६ जनाको पोलिटब्युरो बन्यो

माओवादीमा १५६ जनाको पोलिटब्युरो बन्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो । बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे । उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरेका छन् भने केही नाम अझै थपिन सक्ने भएकाले सबैलाई समेटिने बताए । जसमा वैकल्पिकको समेत व्यवस्था हुने उनको भनाइ छ ।...
रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुस-युक्रेन युद्धका विषयमा नेपालले पक्षधरता देखाउनु गलत भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार दाहालले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका हुन् । गठबन्धनमा पनि यस विषयमा गम्भीर रूपमा गल्ती भयो भन्ने धारणा बनेको पनि उनले बताए । छिमेकी मुलुकहरू चीन र भारतले समेत कुनै एउटा पक्ष नलिएको उल्लेख गर्दै दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा कायम अडिग रहनुपर्ने बताए । 'रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्‍यो । यो विषयमा गठबन्धनमा गम्भीर रूपमा गलत भयो भन्ने धारणा छ । चीन र भारतले समेत युक्रेन युद्धको बारेमा कुनै एउटा पक्ष लिएका छैनन् । भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम सहयोग गरेको अवस्थामा नेपालले युक्रेनको पक्षमा भोटिङ गर्नु हुन्...
अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री शर्माले दिए राजीनामा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु,' शर्माले प्रतिनिधि सभामा सम्बोधनका क्रममा भने। उनले आफूले गल्ती नगरेको भन्दै तथ्यमा गइदिन नागरिक समाजलाई आग्रह गरे । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै अर्थमन्त्री शर्माको आलोचना भएको थियो । सम्बोधनका क्रममा शर्माले मन्त्रालयका जिम्मेवार कर्मचारीहरू बाहेक अरू कसैलाई पनि बजेट निर्माणमा सहभागी नगराएको जिकिर गरेका छन् ।...
भारतको उदयपुरमा भएको घटना बारे मुस्लिम उलेमाहरू तथा इत्तेहाद नेपालद्वारा भर्त्सना

भारतको उदयपुरमा भएको घटना बारे मुस्लिम उलेमाहरू तथा इत्तेहाद नेपालद्वारा भर्त्सना

समाचार
एजेन्सी– राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ । भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न । तयस्तै इत्तेहाद नेपालले उक्त घटनाको कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न । इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खानले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटना बाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदाय लगायत नेपालको मुस्लिम समुदायको सिर निहुरिएको छ । उदयपुर जस्ता घटना गर्ने ब्यक्ती सहि ईस्लाम मानने वाला हुन मानना सकिदैन । यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जालमा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाज...
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

ब्यानर समाचार, राजनिती
काठमाडौं- बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका हुन् । सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् । कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड गरेका छन् । ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले स...
बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

मुख्य समाचार, समाचार
कैलाली- बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा ताला बन्दि गरिएको छ। जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडि बहुमुखि क्याम्पसमा अनेरास्ववियुको ( क्रान्तिकारि) अनेरास्ववियु ( अखिल) र अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन। क्याम्पस आउन जान समस्या भएको गुनासो क्याम्सपस परिसरमा पटक पटक पुर्याउदा पनि ब्यवास्था गरिएको भन्दै संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन। क्याम्पसमा सहज रूपमा पढ्ने बाताबरण पनि छैन टाढा टाढा बाट आउने बिद्यार्थीलाई उभिएर आउनु पर्ने बसमा सिट नपाउने बिद्यार्थीलाई कोचाकोच गरि ल्याउने र गर्मिको समयमा आफुलाइ निकै असहज भयो भनि कुरा आएकोमा हामिले बारम्बार क्याम्पस परिसरमा कुरा पुर्याउदा पनि ब्यवस्था गरिएको भनि ताला बन्दि गरिएको अनेरास्ववियु ( अखिल) का इकाई संयोजक असोक गौतमले बताएका हुन। बिद्यार्थीका माग पुरा नभएसम्म क्याम्पसमा अनिस्चितकालिन ...