Saturday, April 27
Shadow

Month: July 2022

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं- कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा व...
अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थमन्त्रीले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा नदिएसम्म अर्थ मन्त्रालय नआउने घोषणा गरेका छन् । उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । उनले आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री देउवा समक्ष जनार्दन शर्मा मन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने घोषणा गरेका बालुवाटार श्रोतले जनाएको छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजन...
तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

तेल वितरणमा कोटा तोक्ने, मोटरसाइकललाई ५ र कार जिपलाई २० लिटर

आर्थिक, ब्यानर समाचार
काठमाडौं- नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ । ...
काठमाडौंमा भिख माग्न निषेध

काठमाडौंमा भिख माग्न निषेध

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने बताएको हो। ‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ। सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा प...